डालसको यति च्याम्बर्स अफ कमर्सले यति सेभिङ्ग परियोजना ल्याउँदै

          |   Published Date : 24th August 2016 |

यति च्याम्बर्स अफ कमर्सले निकट भविस्यमै यति सेभिङ्ग परियोजना ल्याउने भएको छ । यति च्याम्बर्स अफ कमर्सका महासचिव बाल जोशीका अनुसार विभिन्न क्षेत्रमा ब्यापार संग सम्बन्धित सेवा प्रदान गर्ने भेण्डर कम्पनीहरुसंग च्याम्बर्स सम्पर्कमा रहेको छ । ब्यबसाय गर्न धेरै खाले सेवा चाहिन्छ । कर सम्बन्धि होस् वा अकाउन्ट सम्बन्धि होस् सबैलाई चाहिने बिषय नै हो । त्यस्तै इन्टरनेट होस् या फोन लाइन होस् त्यो पनि अत्याबास्यक बिषय हो । यी र यस्ता बिभिन्न १० वटा भेण्डरहरुसंग मिलेर काम गर्ने सहमति समेत भैसकेको छ ।

पक्कै पनि हाम्रा ब्यबसायहरुमा धेरै खाले सुबिधा लिनु नै पर्दछ । व्यस्तता र जानकारीको अभावमा बढी रकम खर्च गरेर सेवाहरु लिनुभएको अवस्था हुनसक्छ । वा उचित मुल्यमा लिइएको भए पनि यति मार्फत जाँदा २५% अतिरिक्त छुट हुनेछ । त्यसबाहेक यति मार्फत हाम्रा सेवा लिन शुरु गरियो भने भबिस्यमा हाम्रो संगठन बलियो हुने र हाम्रो बार्गेनिङ्ग पावर बढ्ने हुनाले अन्य फाइदाहरु हुन सक्छ । नेटवर्किंग अहिलेको समयको ठुलो शक्ति हो ।

यति च्याम्बर्स अफ कमर्स २०१४ मा डालस टेक्सासमा स्थापित नेपाली ब्यापारी, उद्यमीहरुको गैर नाफामुखी संस्था हो । नेपाली ब्यबसायिहरुको शशक्तिकरण, बिभिन्न क्षेत्रमा आबस्यक पर्ने परामर्श र अन्य अप्रत्यक्ष सहयोग गर्ने उद्देस्यले यो संस्थाको गठन गरिएको हो । नेपाली ब्यबसायीहरु मात्र होइन, ब्यबसाय शुरु गर्न चाहनेहरुका लागि पनि ढोका खोलिएको यो संस्थाले छोटो समयमा थुप्रै उपयोगी कार्यक्रमहरु समेत संचालन गरिसकेको छ ।

यो परियोजना जानकारी गराउन पाउँदा खुशी लागेको व्यक्त गर्दै महासचिव बाल जोशीले यहि सूचनालाई आधार मानि ब्यबसायिहरु र भेण्डरहरुले यति च्याम्बर्समा सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ ।

yeti

Facebook Comments


तपाई हामीसँग फेसबुक युटुबमा पनि जोडिन सक्नुहुनेछ ।

Leave a comment

Your email address will not be published.


*